काठमाडौं । कवि हरिप्रसाद चौलागाईंको कवितासंग्रह ‘देश बाँचे म बाँच्दछु’ राजधानीमा आयोजित एक समारोहबीच आइतबार लोकार्पण गरिएको छ । प्राडा.रामप्रसाद ज्ञवाली, प्राडा.लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक ठाकुर शर्मा भण्डारी, कवि हरिप्रसाद चौलागाईं तथा रामसुन्दर देउजालगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा.ज्ञवालीले कविताको मूल तत्व भावना भएको उल्लेख गर्दै लय, शब्दको सौन्दर्य र भावको सन्तुलनले मात्र कविता उत्कृष्ट बन्ने बताउनुभयो । ‘कवितामा लयको माधुर्य, शब्दको सौन्दर्य र भाव हुनुपर्छ । त्यसपछि मात्र कविता सुन्दर हुन्छ,’ उहाँले भन्नुभयो ।
प्राडा.गौतमले चौलागाईंको व्यक्तित्व र सिर्जनाबीच समानता रहेको टिप्पणी गर्दै संग्रहमा नेपाली कविता क्षेत्रमा कम प्रयोग हुने छन्दहरूको समेत प्रयोग गरिएको बताउनुभयो । उहाँका अनुसार संग्रहका कविताले सरल भाषामार्फत गहिरो भाव सम्प्रेषण गरेका छन् ।
कृतिमाथि समीक्षा गर्दै समालोचक ठाकुर शर्मा भण्डारीले कवितामा विविध विषय समेटिएको र संवेदनशील ढंगले भाव अभिव्यक्त गरिएको बताउनुभयो । उहाँले समाजका संगति-विसंगतिलाई सकारात्मक दृष्टिकोणका साथ प्रस्तुत गरिएको उल्लेख गर्दै पदयोग र वियोगमा केही कमजोरी देखिए पनि छन्दगत रूपमा कृति सुदृढ रहेको धारणा राख्नुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले उमेरले सिर्जनशीलतालाई रोक्न नसक्ने उदाहरणका रूपमा चौलागाईंको कृतिलाई प्रस्तुत गर्दै कविताहरू सरल, शालीन र कविको व्यक्तित्वसँग मेल खाने खालका रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार, समालोचक, कवि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर