काठमाडौं । रावासावा प्राज्ञिक समाज नेपालको १३औं साधारणसभाले कवि, लेखक तथा कलाकार प्राज्ञ चन्द्र रानाहँछालाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । निर्वाचन समिति संयोजक डा.धनप्रसाद सुवेदी तथा सदस्यहरू देवराज कटुवाल, शान्तिराम राई, डा.सुकराज राई र सविता ढकालको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेश हाचेकाली, उपाध्यक्षमा भरतकुमार मगर, महासचिवमा यादेवी ढकाल, सचिवमा यम बास्तोला र कोषाध्यक्षमा पुष्पा राई चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा श्रीराम राई, वीरेन्द्र राई, डी.अनुरागी, सोनाम सज्जन किराती, प्रवीन पुमा, टीकाराम राई, आनन्दकला राई, सहस्रा राई र ज्ञानमाला परियार रहनुभएको छ ।
साधारणसभाको पहिलो सत्रमा समाजद्वारा प्रकाशित रावासावा जर्नल लोकार्पण गरिएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता देवराज कटुवाल, वरिष्ठ सञ्चारकर्मी तथा महिला अधिकारकर्मी, उद्यमी तेजबहादुर राई तथा शिक्षक एवं समाजसेवी गंगा राई (कान्छी)लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यस अवसरमा रावासावा कमलाभक्त साहित्य पुरस्कार वरिष्ठ गीतकार तथा कवि टीका चाम्लिङलाई तथा रावासावा कमलाभक्त कला पुरस्कार सर्जक गोकुल परियारलाई मरणोपरान्त प्रदान गरिएको छ । पुरस्कृत स्रष्टाहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको समाजले जनाएको छ । समाजका अध्यक्ष बम बानियाँको अध्यक्षता तथा राष्ट्रिय गानका स्रष्टा प्रदीपकुमार राई (व्याकुल माइला)को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर