वासिङ्टन डीसी (अमेरिका) । अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’* माथि दुई सय १३औँ भानुजयन्तीको अवसरमा समीक्षा गरिएको छ।
‘स्टार स्कलर्स नेटवर्क अमेरिका’द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले उपन्यासले नेपाली समाजमा श्रीमतीको भूमिका, पारिवारिक सम्बन्ध र प्रवास जीवनका विविध आयाममाथि गम्भीर बहस सिर्जना गरेको धारणा राख्नुभयो।
मेरिल्याण्ड राज्यका सांसद डा. ह्यारी भण्डारीले उपन्यासले नेपाल र प्रवासको बहुआयामिक यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँका अनुसार पुस्तकमा सुदूरपश्चिमको जनजीवन, स्थानीय भाषा, संस्कृति तथा जन्मभूमिदेखि प्रवाससम्मको संघर्षलाई श्रीमान्–श्रीमतीबीचको सहकार्यमार्फत जीवनमा सफलता प्राप्त गर्ने सन्देशसँग जोडेर चित्रण गरिएको छ।
साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले ‘श्रीमती’लाई पछिल्लो समय प्रकाशित प्रवासी नेपाली साहित्यका उत्कृष्ट कृतिमध्ये एक भएको उल्लेख गर्नुभयो। उहाँले उपन्यासकारले पात्रहरूको माध्यमबाट समाजको संरचनागत कार्यात्मकता र पारिवारिक सम्बन्धका बहुआयामिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयो।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासले समाजमा श्रीमतीको भूमिकाबारे गहन विमर्श गरेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा. डा. उत्तम गौली, डा. दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले पनि उपन्यासका विभिन्न पक्षबारे समीक्षा गर्नुभएको थियो।
लेखक तीर्थराज पाण्डेयले पुस्तक लेखन र प्रकाशन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल, दमन विक्रम शाहलगायतले पनि पुस्तकमाथि आफ्नो धारणा राख्नुभएको थियो।
दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले समेत पुस्तकबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।
सामाजिक विषयवस्तुमा आधारित **‘श्रीमती’** उपन्यासका मुख्य पात्र वितुर र धिमही हुन्। उनीहरूको सुदूरपश्चिमदेखि कोरिया, जापान हुँदै अमेरिका पुगेको जीवनयात्रा तथा श्रीमान्–श्रीमतीबीचको पारस्परिक विश्वास, सहकार्य र संघर्षमार्फत सफलता हासिल गरेको कथालाई उपन्यासमा चित्रण गरिएको छ। उक्त कृति ‘स्टार स्कलर्स’ले प्रकाशन गरेको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर