काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संस्थालाई थप प्रभावकारी र विषयगत रूपमा सशक्त बनाउने उद्देश्यसहित विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ।
प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा २०८३ असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रमुखको प्रस्तावमा उपसमिति संयोजकहरूको जिम्मेवारी तोकेको हो। बैठकले नीति निर्माण, अनुसन्धान, प्रशिक्षण तथा समन्वयका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्य विभिन्न निर्णयसमेत गरेको जनाएको छ।
बैठकले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थलाई चयन गरेको छ। त्यसैगरी आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङलाई जिम्मेवारी दिइएको छ।
दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार चयन हुनुभएको छ भने पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईंलाई जिम्मेवारी दिइएको छ।
यसैगरी सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार विषयगत उपसमितिमार्फत नीति अनुसन्धान, संवाद, प्रशिक्षण तथा समन्वयका गतिविधिलाई प्रभावकारी बनाउँदै पार्टीको वैचारिक, नीतिगत तथा संगठनात्मक क्षमतालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। बैठकका निर्णय कार्यान्वयनका लागि सम्बन्धित उपसमितिहरूले छिट्टै कार्ययोजना तयार गरी गतिविधि अघि बढाउने पनि प्रतिष्ठानले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर