काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्युटी ब्राण्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम ब्युटी स्टुडियो सञ्चालनमा ल्याएको छ । नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको काठमाडौंमा सेवा विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनता प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धता थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा नयाँ स्टुडियो सञ्चालनसँगै बेलो ब्लसले पोखराको लेकसाइड र न्युरोडस्थित आफ्ना सफल स्टुडियोहरूको यात्रालाई राष्ट्रियस्तरमा विस्तार गरेको छ । स्थापनाकालदेखि नै कम्पनीले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसार उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै हजारौं ग्राहकको विश्वास जित्न सफल भएको जनाएको छ ।
काठमाडौंस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत् प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । बेलो ब्लस स्टुडियोले व्यावसायिक सौन्दर्य सेवासँगै बेलो ब्लस एकेडेमीमार्फत् सौन्दर्य शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर