काठमाडौं । एसियन पेन्ट्स नेपालले कालेइडोस्कोप-अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२-८३ को १३औँ संस्करणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने उक्त कार्यक्रमले शैक्षिक अध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्ध थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ई. गोपालप्रसाद सिग्देलका साथै शहरी विकास तथा भवन निर्माण विभाग, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, नेपाल इञ्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेसन अफ कन्ट्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्म्सलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले विद्यार्थीलाई उद्योगको वास्तविक कार्य परिवेशसँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मक क्षमता तथा पेशागत तयारी अझ सशक्त बनाउन सहयोग पुर्याउँदै आएको छ ।
असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । आयोजकका अनुसार प्रतियोगितामा आइओई थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे विजयी हुनुभयो भने आइओई पूर्वाञ्चल क्याम्पसका सुमन बिके प्रथम उपविजेता बन्नुभयो । हिमालय कलेज अफ इञ्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता घोषित हुनुभयो । एसियन पेन्ट्सले नेपाल शैक्षिक संस्था र उद्योगबीचको सहकार्य अझ सुदृढ बनाउँदै युवा प्रतिभाहरूलाई सिर्जनात्मक अवसरमार्फत् सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर