काठमाडौं । नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणा थप सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ । बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित बैंकिङ सेवा विस्तार गर्दै भविष्यको वित्तीय प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धतासमेत जनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको बताउनुभयो । बैंकले परिवर्तनको प्रतीक्षा नगरी सधैँ त्यसको नेतृत्व गर्दै आएको उहाँको भनाइ थियो । उहाँका अनुसार नबिल बैंकले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुवात गर्नुका साथै ‘एनबैंक’ एपमार्फत् डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याएको छ । बैंक अहिले वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गर्ने नेपालको एकमात्र वित्तीय समूह बनेको छ ।
अध्यक्ष चौधरीले अबको बैंकिङ आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरिसकेको भन्दै नबिल बैंकले एआइलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सन् १९८४ मा सुरु भएको बैंकको यात्रा लाखौं ग्राहकको विश्वास र हजारौं कर्मचारीको समर्पणका कारण आजको अवस्थामा पुगेको भन्दै नबिल नेपालको सबैभन्दा विश्वासिलो र भविष्यका लागि तयार बैंक बनाउने लक्ष्यसाथ अघि बढिरहेको बताउनुभयो । बैंकले देशको आर्थिक विकासका लागि कृषि, ऊर्जा, लघु तथा साना उद्योग र पर्यटन क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको जनाएको छ । हाल बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब छ करोड, लघु तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड कर्जा प्रवाह गरेको जनाएको छ ।
वित्तीय सूचकांकतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको जनाएको छ । आर्थिक वर्ष २०४१/४२ मा दुई करोड ८० लाख रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड पुगेको छ भने खुद नाफा १० लाखबाट बढेर छ अर्ब ७६ करोड पुगेको छ । निक्षेप १४ करोड ६० लाखबाट बढेर पाँच खर्ब ८८ अर्ब ८५ करोड र कर्जा प्रवाह १३ करोड ३० लाखबाट बढेर चार खर्ब ६४ अर्ब १० करोड पुगेको बैंकले जनाएको छ । त्यस्तै कुल सम्पत्ति पनि २६ करोड ९० लाखबाट बढेर सात खर्ब १८ अर्ब ४२ करोड पुगेको बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर