काठमाडौं । कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका-१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष दिनेश खत्रीलाई पानी ट्यांकी र इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भए पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नहुँदा विद्यार्थी तथा शिक्षकले शुद्ध पानी प्रयोग गर्न पाएका थिएनन् । यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरिएको जनाएको छ ।
सो अवसरमा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरभक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भएकाले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी सहयोगात्मक कार्यक्रममार्फत् समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर