काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहेको कार्यालय भवन उद्घाटन गर्नुभयो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति थियो ।
डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको नीतिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नवीनतम अवधारणा प्रयोगका रूपमा कफी लाउन्जको सुविधासमेत थप गरिएको बैंकले जनाएको छ । जसअन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारको विशिष्ट अनुभव लिन सक्नेछन् ।
डिजिटल प्रविधि प्रयोगमा युवा आकर्षित गर्न तथा ग्राहकमाझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको कफी लाउन्जसहितको डिजिटल हबमार्फत् डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्शसमेत प्रदान गरिने भएकाले ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर