काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात्् जेठ महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साढे ६४ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ११ महिनाको तथ्यांकअनुसार गत आर्थिक वषको समीक्षा अवधिको तुलनामा वाणिज्य बैंकहरूले खुद नाफा १९.६२ प्रतिशतले बढाएका हुन् । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
तथ्यांकअनुसार अनुसार चालु आर्थिक वर्षको जेठसम्म २० वाणिज्य बैंकले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार नाफा आर्जन गरेका हुन्् । सबैभन्दा धेरै नाफा आर्जन गर्ने नबिल बैंकले सो अवधिमा आठ अर्ब ४९ करोड २२ लाख नाफा आर्जन गरेको छ । नाफा धेरै आर्जन गर्ने दोस्रो बैंक ग्लोबल आइएमई बैंकले पाँच अर्ब ९७ करोड ८३ लाख र कुमारी बैंकले चार अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ तर सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआइसी एसिया बैंक रहेको छ । जसको नाफा पाँच करोड ७७ लाख रुपैयाँमात्रै रहेको छ ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चार अर्ब ४९ करोड ११ लाख, एभरेष्ट बैंकले चार अर्ब १२ करोड ३४ लाख, प्राइम कमर्सियल बैंकले तीन अर्ब ७४ करोड ९४ लाख र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै एनएमबी बैंकले तीन अर्ब ६३ करोड आठ लाख, नेपाल बैंकले तीन अर्ब ३२ करोड ७७ लाख र सानिमा बैंकले तीन अर्ब १२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने लक्ष्मी सनराइज बैंकले दुर्ई अर्ब ८९ करोड ३२ लाख, सिद्धार्थ बैंकले दुई अर्ब ८० करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुई अर्ब ६२ करोड ४१ लाख, माछापुच्छ्रे बैंकले दुई अर्ब १७ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ ।
कृषि विकास बैंकले एक अर्ब ९५ करोड ८९ लाख, नेपाल एसबिआई बैंकले एक अर्ब ८३ करोड ८४ लाख, सिटिजन्स बैंक इन्टरनेसनलले एक अर्ब ७४ करोड ६१ लाख, प्रभु बैंकले एक अर्ब ५० करोड ४८ लाख र हिमालयन बैंकले एक अर्ब १६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
विकास बैंकहरूको नाफा सात अर्ब
११ महिनामा सञ्चालनमा रहेका आठ विकास बैंकहरूले करिब सात अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा विकास बैंकहरूले छ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ३१.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच अर्ब २२ करोड ७७ लाख रुपैयाँ आर्जन गरेका थिए ।
सर्वाधिक नाफा आर्जन गर्ने गरिमा विकास बैंकको नाफा एक अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । जेठसम्म मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशतले बढेर एक अर्ब २६ करोड ४५ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३८ प्रतिशतले बढेर एक अर्ब एक करोड ९४ लाख र ज्योति विकास बैंकको ८६ प्रतिशतले बढेर ८१ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कामना विकास बैंकको नाफा १२ प्रतिशतले बढेर ७५ करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ७.८० प्रतिशतले बढेर ६० करोड ६८ लाख र महालक्ष्मी विकास बैंकको २.२७ प्रतिशतले बढेर ५४ करोड ६५ लाख पुगेको छ । तर, लुम्बिनी विकास बैंकको नाफा सबैभन्दा कम रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ४२ प्रतिशतले बढे पनि ५२ करोड ७४ लाख रुपैयाँमा सीमित रहेको छ । एक्सेल डेलभपमेन्ट बैंकको १४ करोड ६३ लाख, मितेरी डेभलपमेन्ट बैंकको १० करोड ३५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको पाँच करोड ८६ लाख, कर्पोरेट डेभलमपेन्ट बैंकको दुई करोड ८७ लाख रुपैयाँ नाफा रहेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर