काठमाडौं । ‘भटभटे माइला’ उपनामबाट चर्चित कमेडियन बेगम नेपाली आगामी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित हुनुभएको छ । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा उहाँ मुख्य भूमिकामा देखिन लाग्नुभएको निर्माणपक्षले जनाएको छ । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुनलागेको चलचित्रको छायांकन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ । चलचित्रका निर्माता रघुनाथ सापकोटा हुनुहुन्छ ।
निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित तथा लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ । चलचित्रका गीत गायक पशुपति शर्माले तयार गर्नुहुनेछ भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नुहुनेछ ।
यसअघि नै चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भइसक्नुभएको छ । पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुनलागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर