काठमाडौं । सुदर्शन थापा दुई वर्षपछि नयाँ चलचित्र ‘शुभ विवाह’मार्फत निर्देशनमा फर्किने हुनुभएको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको यस चलचित्रमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहनुहुनेछ । ‘प्रेमगीत’पछि करिब एक दशकपछि सुदर्शन र प्रदीपको सहकार्य हुनलागेको हो ।
चलचित्रको छायांकन आगामी भदौदेखि सुरु गर्ने तयारी गरिएको छ । केही दिनअघि प्रदीपको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्काको चर्चा चले पनि अब अभिनेत्री सनिशा भट्टराईलाई अनुबन्ध गरिएको जनाइएको छ । यद्यपि, निर्माण पक्षले यसबारे औपचारिक घोषणा गरेको छैन । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गर्नुभएकी सनिशाले ‘१२ गाउँ’बाट चलचित्रमा डेब्यु गर्नुभएको हो । ‘शुभ विवाह’ उहाँको पाँचौँ चलचित्र हुने बताइएको छ ।
निर्माण पक्षले चलचित्रलाई आगामी फागुन २१ गते, महाशिवरात्रिको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरेको छ । सोही मितिमा अभिनेत्री पूजा शर्माको लगानी तथा अभिनय रहेको ‘रत्यौली’ पनि प्रदर्शनमा आउने तयारी रहेकाले दुई चलचित्रबीच बक्स अफिस प्रतिस्पर्धा हुने देखिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर