नेपालको राजनीति पछिल्ला केही वर्षयता असाधारण मोडमा उभिएको छ । पुराना राजनीतिक दलप्रतिको जनविश्वास कमजोर बन्दै जाँदा नयाँ अनुहार र नयाँ राजनीतिक शक्तिप्रति नागरिकको आकर्षण बढेको देखिन्छ । यही परिवेशमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली राजनीतिक बहसका दुई प्रमुख पात्र बनेका छन् । एकजना स्थानीय सरकारको नेतृत्वबाट माथि उक्लिएर संघीय सरकारका प्रमुखमा छन् भने अर्का राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको प्रतिनिधित्व गर्ने दलको सभापतित्व ग्रहण गरिरहेका छन् । तर, यी दुई पात्रबारे जनताले वास्तवमा के सोचिरहेका छन् ? उनीहरूको नेतृत्वशैलीलाई कसरी हेरिरहेका छन् ? र सामाजिक सञ्जालमा चर्चा हुने उनीहरूबीचको सम्बन्धलाई नागरिकले कसरी बुझिरहेका छन् ?
कतिपयले रवि लामिछानेलाई अत्यन्तम हŒवाकांक्षी, विस्तारमुखी र संगठन केन्द्रित नेता माने । अर्कोतर्फ बालेनलाई अन्तर्मुखी, सीमित बोल्ने र स्वतन्त्र निर्णयमा विश्वास गर्ने व्यक्तिका रूपमा चित्रण गरे । उनीहरूको बुझाइमा यस्ता फरक स्वभाव भएका नेताहरूबीच दृष्टिकोणको भिन्नता आउनु अस्वाभाविक होइन । यस सन्दर्भमा केही उत्तरदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान संशोधनको उदाहरण पनि दिए ।
यिनै प्रश्नको उत्तर खोज्ने उद्देश्यले यो स्तम्भकारले काठमाडौंको उत्तरपूर्वी काँठ क्षेत्रमा केही स्थानीय नागरिकसँग अनौपचारिक संवाद गरेको थियो । यो कुनै वैज्ञानिक सर्वेक्षण थिएन न त यसले सम्पूर्ण काठमाडौं वा नेपालकै मतलाई प्रतिनिधित्व गर्छ तर यस्ता संवादहरूले समाजको मनोविज्ञान बुझ्न भने अवश्य मद्दत गर्छन् । किनभने राजनीतिमा चुनावको नतिजाभन्दा पहिले जनधारणा जन्मिन्छ । सबैभन्दा पहिले सोधिएको प्रश्न थियो ‘प्रधानमन्त्री बालेन कस्ता व्यक्ति हुन् ?’ यस प्रश्नमा प्राप्त उत्तरहरू निकै रोचक थिए । अधिकांशले उनलाई निडर, लोभलाभबाट टाढा रहने, रहस्यमयी तथा आफ्नै शैलीमा काम गर्ने व्यक्ति भनेर चित्रण गरे । उनीहरूका अनुसार बालेन सामान्य राजनीतिज्ञ जस्ता देखिँदैनन् । उनले आफ्नो सार्वजनिक छवि बोल्नेभन्दा काम गर्ने व्यक्तिको रूपमा निर्माण गरेका छन् । यही कारण कतिपयका लागि उनी आशाको प्रतीक बनेका छन् ।
यद्यपि सबैको धारणा एउटै थिएन । केहीले भने उनलाई कप्टी, डरलाग्दो अथवा सजिलै बुझ्न नसकिने व्यक्ति भनेर पनि टिप्पणी गरे । यहाँ ‘डरलाग्दो’ शब्दको प्रयोग अपराधी अर्थमा होइन, बरू उनको अप्रत्याशित निर्णय शैलीका कारण गरिएको देखिन्थ्यो । उनी कहिले कुन विषयमा कडा कदम चाल्छन् भन्ने अनुमान गर्न कठिन हुने भएकाले कतिपय नागरिकले यस्तो धारणा बनाएको देखियो । यसले एउटा गहिरो राजनीतिक तथ्य उजागर गर्छ । नेपाली समाजले लामो समयसम्म धेरै बोल्ने तर कम काम गर्ने नेताहरू देख्यो । अहिले कम बोल्ने र अप्रत्याशित रूपमा निर्णय गर्ने नेतृत्व देख्दा समाजको एउटा हिस्सा प्रभावित छ भने अर्को हिस्सा असहज महसुस गरिरहेको छ । परिवर्तनले सधैं समर्थन र असहजता दुबै जन्माउँछ । दोस्रो प्रश्न थियो ‘प्रधानमन्त्री बालेनको कार्यशैली तपाईंलाई कस्तो लागिरहेको छ ?’
यस प्रश्नमा पनि बहुमत उत्तर सकारात्मक नै देखिए । धेरैले उनको कार्यशैलीलाई राम्रो, प्रभावकारी र परिणाममुखी भने । विशेषगरी देशभित्रका अव्यवस्थित संरचना हटाउने, सरकारी भूमिको संरक्षण, प्रशासनलाई सक्रिय बनाउने र कानुन कार्यान्वयनमा देखाएको दृढतालाई सकारात्मक रूपमा हेरिएको पाइयो । तर, आलोचना पनि कम थिएन । केहीले उनको शैलीलाई ‘केटौले पारा’ भनेर टिप्पणी गरे । उनीहरूको आशय उमेर होइन, निर्णय प्रक्रियामा कहिलेकाहिँ भावनात्मक आवेग देखिएको भन्ने थियो । केहीले भने उनले पुराना विवादित तथा प्रभावशाली व्यक्तिहरूप्रति समान रूपमा कठोरता नदेखाएको आरोप लगाए । अर्थात्, कानुन कार्यान्वयनमा सबैमाथि समान मापदण्ड लागू भएको अनुभूति केही नागरिकमा छैन ।
यसले नेतृत्वसम्बन्धी एउटा शाश्वत प्रश्न उठाउँछ लोकप्रियता र संस्थागत शासनबीच कसरी सन्तुलन कायम गर्ने ? व्यक्तिको साहस प्रशंसनीय हुन सक्छ तर त्यो संस्थागत प्रक्रियासँग जोडिन सकेमात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ । तेस्रो प्रश्न सबैभन्दा चासोपूर्ण थियो ‘के’ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेबीच सामाजिक सञ्जालमा चर्चा भएजस्तो मनमुटाव आएको होला ?’ धेरै उत्तरदाताले ‘हुन सक्छ’ भन्ने प्रतिक्रिया दिए तर उनीहरूले यो निष्कर्ष कुनै प्रत्यक्ष प्रमाणका आधारमा होइन, व्यक्तित्वको भिन्नता र राजनीतिक परिस्थितिको विश्लेषणबाट निकालेका थिए ।
कतिपयले रवि लामिछानेलाई अत्यन्तम हत्वाकांक्षी, विस्तारमुखी र संगठन केन्द्रित नेता माने । अर्कोतर्फ बालेनलाई अन्तर्मुखी, सीमित बोल्ने र स्वतन्त्र निर्णयमा विश्वास गर्ने व्यक्तिका रूपमा चित्रण गरे । उनीहरूको बुझाइमा यस्ता फरक स्वभाव भएका नेताहरूबीच दृष्टिकोणको भिन्नता आउनु अस्वाभाविक होइन । यस सन्दर्भमा केही उत्तरदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान संशोधनको उदाहरण पनि दिए । संशोधित व्यवस्था अनुसार केही परिस्थितिमा पार्टी सभापतिलाई संसदीय दलको नेतृत्व परिवर्तन गर्नसक्ने अधिकार राखिएको विषयलाई उनीहरूले पार्टीभित्र शक्ति सन्तुलनको संकेतका रूपमा व्याख्या गरे । यद्यपि यसलाई बालेन र रविबीचको सम्बन्धसँग प्रत्यक्ष जोड्ने कुनै सार्वजनिक प्रमाण भने उपलब्ध छैन । त्यसैले यसलाई स्थानीय नागरिकको धारणा वा विश्लेषणकै रूपमा बुझ्नुपर्छ ।
काठमाडौंको काँठ क्षेत्रमा गरिएको यो अनौपचारिक संवादले एउटा स्पष्ट सन्देश दिएको छ जनताले अहिले पनि नयाँ नेतृत्वप्रति आशा राखेका छन् तर त्यो आशा अन्धविश्वासमा आधारित छैन । उनीहरू प्रशंसा पनि गर्छन्, आलोचना पनि गर्छन् । समर्थन पनि दिन्छन्, प्रश्न पनि सोध्छन् । शायद, यही लोकतन्त्रको सुन्दर पक्ष हो ।
वास्तवमा राजनीति केवल विचारको संघर्षमात्र होइन, व्यक्तित्वहरूको अन्तर्क्रिया पनि हो । इतिहासमा धेरै राजनीतिक आन्दोलन विचारभन्दा व्यक्तित्वको द्वन्द्वका कारण कमजोर भएका उदाहरण छन् । त्यसैले नागरिकले पनि नेताहरूको सम्बन्धलाई चासोका साथ हेर्नु स्वाभाविक हो । अन्तिम प्रश्न थियो ‘के बालेनले पाँचै वर्ष संघीय सरकारको नेतृत्व सफलतापूर्वक गर्न सक्लान् र रविले पार्टीलाई त्यत्तिकै मजबुत रूपमा अगाडि बढाउन सक्लान् ?’ यस प्रश्नमा भने उत्तरहरू मिश्रित थिए । केहीले दुबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे । उनीहरूका अनुसार बालेनलाई जनताको समर्थन अझै प्राप्त छ र रविसँगपनि पार्टीलाई संगठित गर्ने क्षमता छ ।
तर, अर्को समूह भने सशंकित देखियो । उनीहरूको भनाइ थियो व्यक्तिगत लोकप्रियता एउटा कुरा हो तर संस्था सञ्चालन अर्को कुरा । राज्य सञ्चालनमा प्रशासन, कर्मचारी, अदालत, संघीय सरकार प्रदेश सरकार, स्थानीय सरकार र पुराना तर स्थापित राजनीतिक दलहरूको राजनीतिक दबाबसँग निरन्तर समन्वय आवश्यक हुन्छ । त्यसैगरी एउटा राजनीतिक दल सञ्चालन गर्नु केवल लोकप्रिय नेताको भरमा सम्भव हुँदैन, संगठन, आन्तरिक लोकतन्त्र, विचार र अनुशासन पनि उत्तिकै आवश्यक हुन्छ ।
यी प्रतिक्रियाहरूले एउटा महत्वपूर्ण निष्कर्ष निकाल्न मद्दत गर्छन् । नेपाली मतदाता अहिले नेताको भाषणभन्दा परिणाम हेर्न चाहन्छ । उनीहरूलाई अब आदर्शभन्दा कार्यसम्पादनमा बढी विश्वास छ । त्यसैले बालेनको मूल्यांकन राज्यको सुसाशन, कार्य व्यवस्था र भ्रष्टाचार आदिको अवस्थाले गर्नेछ भने रविको मूल्यांकन उनको पार्टीको संस्थागत विकासले गर्नेछ । यस संवादबाट अर्को रोचक पक्ष पनि उजागर भयो । बालेनप्रति सकारात्मक धारणा राख्नेहरू सबै रास्वपाका समर्थक थिएनन् । त्यसैगरी रविको आलोचना गर्ने सबै पुराना दलका समर्थक पनि थिएनन् । यसको अर्थ नेपाली मतदाता बिस्तारै व्यक्ति र संस्थालाई अलगअलग ढंगले मूल्यांकन गर्न थालेका छन् । यो लोकतन्त्र परिपक्व बन्दैगएको संकेत पनि हुनसक्छ ।
अन्ततः यो स्तम्भकारको निष्कर्ष के हो भने काठमाडौंको काँठ क्षेत्रमा गरिएको यो अनौपचारिक संवादले एउटा स्पष्ट सन्देश दिएको छ जनताले अहिले पनि नयाँ नेतृत्वप्रति आशा राखेका छन् तर त्यो आशा अन्धविश्वासमा आधारित छैन । उनीहरू प्रशंसा गर्छन्, आलोचना पनि गर्छन् । समर्थन दिन्छन्, प्रश्न पनि सोध्छन् । शायद, यही लोकतन्त्रको सुन्दर पक्ष हो । नेता जति लोकप्रिय भए पनि अन्तिम न्यायाधीश जनता नै हुन्छन् । उनीहरूको मन जित्न चुनाव जित्नुमात्र पर्याप्त हुँदैन, विश्वासलाई निरन्तर कायम राख्नुपर्छ ।
बालेनले पाँच वर्षपछि आफ्नो कार्यकालको मूल्यांकन जनताको सामु राख्नुपर्नेछ । रविले पनि आफ्नो पार्टीको संगठन, सिद्धान्त र नेतृत्वक्षमताको परीक्षा दिनुपर्नेछ । दुवैको यात्रा अझै अधुरो छ । त्यसैले आजका धारणा अन्तिम सत्य होइनन्, तर भोलिको राजनीतिक दिशातर्फ संकेत गर्ने जनमनोविज्ञानका झिल्का भने अवश्य हुन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर