काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमबासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ।
आइतबार भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुमबासी परिवारसँग छलफल गर्दै उहाँले सुकुमबासी तथा भूमिहीन नागरिकका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
गृहमन्त्री गुरुङले सुकुमबासीको समस्या सरकारको पनि साझा सरोकारको विषय भएको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। यसलाई सरकारले गम्भीर रूपमा बुझेको छ। यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले सुकुमबासी तथा भूमिहीनको समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासलाई राजनीतिक विषय नबनाउन आग्रह गर्दै दीर्घकालीन र व्यावहारिक समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर