केदार सङ्केत
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा शनिबार लन्डनस्थित टेस्ट अफ पर्सिया रेस्टुरेन्टमा २१३औँ भानुभक्त आचार्य जयन्ती, ९५औँ ईश्वरप्रसाद मानन्धर जयन्ती, सुप्रमा–ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२६ सम्मान तथा तीन साहित्यिक कृतिको लोकार्पण समारोह सम्पन्न भएको छ ।
समारोहमा डा. रूपक श्रेष्ठद्वारा लिखित मुक्तक सङ्ग्रह ‘चौशूल’ र ‘पोक्तक’, तथा सुमल कुमार गुरुङद्वारा लिखित युद्ध–उपन्यास ‘कर्मवीर’ को संयुक्त रूपमा लोकार्पण गरिएको थियो।
अनेसास बेलायत शाखाका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी तथा अनेसासका मिडिया प्रबन्धक कुमार केसीले डा. रूपक श्रेष्ठको नवीन मुक्तक सङ्ग्रह ‘चौशूल’ का केही मुक्तक वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रा.डा. देवीप्रसाद सुवेदी र प्रा. डा. सूर्यप्रसाद सुवेदी .सहभागी हुनुहुन्थ्यो । विशेष अतिथिमा कवि तथा आख्यानकार कृष्ण बजगाईं, साहित्यकार डा. सुमाया राई, कवि केदार सङ्केत, अनेसासकी उपाध्यक्ष माया गुरुङ तथा प्रा. डा. चाड म्यानियनलगायत साहित्यकारहरूको उपस्थिति थियो ।
कार्यक्रममा साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङले आदिकवि भानुभक्त आचार्यको ‘घाँसी’ कविताले नेपाली साहित्यमा पुर्याएको योगदान स्मरण गर्दै ईश्वरप्रसाद मानन्धरप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँले दुवै स्रष्टाको नेपाली भाषा र साहित्यमा रहेको योगदानबारे चर्चा गर्नुभयो ।
सुप्रमा-ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२६ सम्मान समारोहमा डा. रूपक श्रेष्ठले पुरस्कार स्थापनाको पृष्ठभूमि, स्वर्गीय ईश्वरप्रसाद मानन्धरको साहित्यिक योगदान तथा पुरस्कारको उद्देश्य र विकासक्रमबारे प्रकाश पार्नुभयो ।
शुभकामना मन्तव्यका क्रममा प्रा. डा. सूर्यप्रसाद सुवेदीले यस वर्षका सुप्रमा-ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार विजेता प्रा. डा. देवीप्रसाद सुवेदीको वैदिक अध्ययन, अनुसन्धान र लेखनको विशिष्ट योगदानको चर्चा गर्दै अनेसास बेलायत शाखाले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । समारोहमा साहित्यकार, कवि तथा नेपाली भाषाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसैबीच, साहित्यप्रेमी मुक्तककार भोजराजले कार्यक्रममा सहभागी हुन लन्डनबाट करिब २५ किलोमिटर साइकल यात्रा गरी उपस्थित भएको प्रसङ्ग पनि विशेष रूपमा स्मरण गरिएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर