काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पोखरेलले २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालुभएको थियो । निजामती सेवामा रहँदा उहाँले गृह प्रशासन र सुरक्षा व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ । छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौं आएपछि उहाँको अन्त्येष्टि गरिने जनाइएको छ । जेठी छोरी प्रमिला प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालकी पत्नी हुनुहुन्छ । माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर