काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा उहाँका परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन्।
सोमबार गणेशका दाजु मदन नेपालीले ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराउनुभएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उजुरी दर्ता भइसकेको छ र अब घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइनेछ।
गत असार २५ गते राहदानी विभागअगाडि काठमाडौं महानगर प्रहरीका कर्मचारीले गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि उहाँले सडकमै आत्मदाहको प्रयास गर्नुभएको थियो। गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार मृत्यु भएको थियो।
उहाँको निधनपछि आइतबार सरकार र परिवारबीच ९ बुँदे सहमति भएको थियो। त्यससँगै परिवारले घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाउँदै प्रहरीमा जाहेरी दर्ता गराएको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर