काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ।
एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानका क्रममा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सोमबार आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधनको खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले सवारीधनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गर्नुभयो।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारीधनीकै भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङस्थलको प्रयोग तथा आवश्यक सावधानी अपनाए चोरी तथा हराउने घटनामा कमी ल्याउन सकिने बताउनुभयो।
ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर