काठमाडौं । प्रसिद्ध लेखक तथा पूर्वसचिव गोपी मैनालीको समालोचनात्मक कृति ‘विचार र विचरण’ सार्वजनिक भएको छ । वासुदेव ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राडा.अभि सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । २८ गते आइतबार अर्पण ब्यांक्वेट नयाँबानेश्वरमा आयोजित कार्यक्रममा पूर्वप्रशासक उमेश मैनाली, प्राडा.दीनेशराज पन्त, वसन्त बस्नेत, युवराज मैनालीलगायतका व्यक्तिहरू विशिष्ठ अतिथि रहनुभएको थियो ।
वरिष्ठ सञ्चारकर्मी ठाकुर बेल्बासेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लोकार्पित पुस्तकमाथि प्राडा.खगेन्द्र लुइँटेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । मकालु ग्रुप अफ कम्पनी प्रालि डिल्लीबजार आयोजक रहेको उक्त कार्यक्रममा सुषमा मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वसन्त बस्नेत, रामबाबु नेपाल, कलानिधि दाहाल, सरु जोशी, बलदेव अवस्थी, उमेश मैनाली तथा प्राडा.दीनेशराज पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखक मैनालीले लेखकीय मन्तव्य राख्नुभएको उक्त कार्यक्रमा प्राडा.अभि सुवेदीले प्रमुख अतिथिको मन्तव्य राख्नुभएको थियो भने युवराज मैनालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति वासुदेव ढकालले मन्तव्यसहित सभा विसर्जन गर्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर