काठमाडौं । अभिनेता रेयर राई चलचित्र ‘कंगाल करोडपति’ मा अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले राईको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप सशक्त बनेको जनाएको छ । यसअघि चलचित्रका मुख्य भूमिकाका लागि अभिनेता मुकुन भुसाल र अभिनेत्री सलिना तामाङ अनुबन्धित भइसक्नुभएको छ । अब रेयर राई पनि कलाकार टोलीमा जोडिएसँगै चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ ।
राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘कंगाल करोडपति’ पाठशाला प्रालिको ब्यानरमा निर्माण हुनलागेको हो । चलचित्रका प्रस्तुतकर्ता प्रवीण आचार्य हुनुहुन्छ भने निर्माता अनिलकुमार बुढाथोकी रहनुभएको छ ।
निर्माण टिममा छिरिङ तामाङ, प्रवीण राई र प्रवेश सापकोटा सह-निर्माताका रूपमा आबद्ध हुनुहुन्छ । त्यस्तै, रीता श्रेष्ठ तामाङ र सुरज कुमारले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हाल्नुभएको छ ।
चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले तयार पार्नुभएको हो । निर्माण पक्षका अनुसार हाल चलचित्रको छायांकन तयारी तीव्र बनाइएको छ । छायांकन हुने विभिन्न स्थानहरूको लोकेसन रेकी भइरहेको छ भने केही कलाकारलाई छायांकन हुने क्षेत्रबाटै छनोट गर्ने तयारी पनि गरिएको छ । यसबाट स्थानीय प्रतिभालाई चलचित्रमा अवसर प्रदान गर्ने उद्देश्य रहेको निर्माण पक्षको भनाइ छ ।
निर्माण टिमले चलचित्रका अन्य कलाकार, प्राविधिक टोली तथा छायांकन तालिकासम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ । कलाकार छनोटसँगै पूर्वतयारीलाई तीव्र बनाएको ‘कंगाल करोडपति’ले फरक कथावस्तु र सशक्त कलाकारको संयोजनमार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर