काठमाडौं । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले अभिनय यात्रा सुरु गर्ने हुनुभएको छ । विशेष कुरा के छ भने उहाँ आफ्नै छोरा यशवर्धन आहुजासँग एउटै चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्न लाग्नुभएको हो । निर्माण पक्षका अनुसार उक्त चलचित्र यही वर्षको सेप्टेम्बरमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
हालै नेटफ्लिक्सको चर्चित तथा विवादास्पद रियालिटी शो ‘लक अपः सच या सजा’ (सिजन २)मा सहभागी भएपछि सुनिता पुनः चर्चामा आउनुभएको थियो । शोमा उहाँले आफ्नो स्पष्ट अभिव्यक्ति र निर्भीक प्रस्तुतिका कारण दर्शकको ध्यान आकर्षित गर्नुभएको थियो । अभिनेता राम कपुरसँगको मित्रता तथा एक टाष्कका क्रममा खानाको बजेटलाई लिएर उहाँले व्यक्त गरेको असन्तुष्टि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो ।
यद्यपि स्वास्थ्यमा समस्या देखिएपछि उहाँले शोबाट स्वेच्छिक रूपमा बाहिरिने निर्णय गर्नुभएको थियो । शो छाड्ने क्रममा पति गोविन्दा र छोरी टिना आहुजा स्वयं उहाँलाई लिन पुग्नुभएको थियो ।
शोबाट बाहिरिएलगत्तै सुनीताले नयाँ चलचित्रमार्फत बलिउडमा औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्ने घोषणा गर्नुभएको थियो । चलचित्रमा उहाँका छोरा यशवर्धन आहुजाले पनि मुख्य भूमिकामार्फत बलिउडमा प्रवेश गर्दै हुनुहुन्छ । चलचित्रको निर्माण चर्चित निर्माता एकता कपुरले गर्नुभएको हो ।
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सुनीताले चलचित्रमा आफूले वास्तविक जीवनझैं यशवर्धनकै आमाको भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभएको छ । उहाँले आफू र एकता कपुरबीच लामो समयदेखिको आत्मीयसम्बन्ध रहेको उल्लेख गर्दै यही सम्बन्धका कारण आफू नेटफ्लिक्सको रियालिटी शोमासमेत सहभागी भएको बताउनुभयो ।
सुनीताले आमा-छोराले एउटै चलचित्रमार्फत एकसाथ ठूलो पर्दामा डेब्यु गर्नु सम्भवतः भारतीय चलचित्र उद्योगकै दुर्लभ घटना हुनसक्ने दाबी पनि गर्नुभएको छ । साथै उहाँले दर्शकसँग आफ्ना छोरालाई पनि आफू र गोविन्दालाई जस्तै माया, साथ र आशीर्वाद दिन आग्रह गर्नुभएको छ ।
गोविन्दाको परिवारमा अभिनय क्षेत्रमा पाइला टेक्ने यशवर्धन पहिलो सन्तान भने हुनुहुन्न् । यसअघि उहाँकी छोरी टिना आहुजाले सन् २०१५ मा प्रदर्शन भएको चलचित्र ‘सेकेण्ड ह्याण्ड हजबेन्ड’मार्फत बलिउडमा अभिनय यात्रा सुरु गर्नुभएको थियो । अब भने गोविन्दाको परिवारबाट दोस्रो पुस्ताका रूपमा यशवर्धन आहुजाको डेब्युतर्फ बलिउड र दर्शकको चासो केन्द्रित भएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर