भक्तपुर । नेपाली पौडी खेलको विकास र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-लोकन्थलीमा ‘डुबुल्की’ नामक अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी सञ्चालनमा आएको छ । असार २७ गतेदेखि सञ्चालनमा आएको उक्त पौडी केन्द्र नेपाली पौडी खेलसँग लामो समयदेखि आबद्ध पूर्वखेलाडी, प्रशिक्षक तथा पौडीकर्मीहरूको संयुक्त पहलमा स्थापना गरिएको हो । संस्थाका अध्यक्ष तथा नेपाली पौडी टोलीका पूर्व प्रमुख प्रशिक्षक ईश्वर कार्कीका अनुसार पौडी खेलको पूर्वाधार विस्तार र गुणस्तरीय प्रशिक्षणलाई लक्षित गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।
डुबुल्की संस्थामा वर्तमान राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक शंकर कार्की, पूर्व राष्ट्रिय खेलाडी उमेश प्रधान, गोपाल पाण्डे, विनोद श्रेष्ठ, शोभा सिंहलगायत पौडी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । ४२ आनामा फैलिएको केन्द्रमा २५ मिटर लम्बाइ, १५ मिटर चौडाइ तथा तीन फिट पाँच इन्चदेखि पाँच फिट पाँच इन्चसम्म गहिराइ भएको ६ लेनको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मुख्य पौडी पोखरी निर्माण गरिएको छ । साथै, १५ मिटर लम्बाइ र ६ मिटर चौडाइको बालबालिकाका लागि छुट्टै प्रशिक्षण पोखरी पनि सञ्चालनमा ल्याइएको छ ।
करिब पाँच करोड रुपैयाँको लगानीमा निर्माण गरिएको केन्द्रमा आगामी तिहारपछि स्टिम, सौना बाथ र जिम सञ्चालनमा ल्याइने सञ्चालकमध्ये एक तथा पूर्व राष्ट्रिय पौडी खेलाडी एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो ।
प्रधानका अनुसार पौडी खेलसँगै जीवन बिताएका खेलाडी र प्रशिक्षकहरूको पहलमा स्थापना गरिएको यस केन्द्रले बालबालिकालाई आधारभूत पौडी प्रशिक्षण प्रदान गर्नुका साथै अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ ।
उहाँले पौडी खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउँदै नेपालमा गुणस्तरीय प्रशिक्षणको वातावरण सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा लगानी गरिएको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडीहरूको प्रशिक्षणका लागि पनि डुबुल्की केन्द्र सधैं खुला रहने उहाँले जानकारी दिनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर