लण्डन । भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड इंग्ल्याण्डको टेस्ट टोलीको नयाँ मुख्य प्रशिक्षक बन्ने दौडमा सामेल हुनुभएको छ । वर्तमान प्रशिक्षक ब्रेंडन म्याकुलमले आफ्नो पद छोड्ने निर्णय गरेसँगै इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले सम्भावित उम्मेदवारहरूको नाममा विचार गरिरहेको हो । जसमा द्रविडको नाम पनि निकै चर्चामा रहेको छ । ‘डेली टेलिग्राफ’को रिपोर्टअनुसार द्रविड ती छानिएका उम्मेदवारहरूको सूचीमा पर्छन्, जसमाथि इसिबीले गम्भीरतापूर्वक विचार गरिरहेको छ । यस सूचीमा द्रविडका अलावा एन्डी फ्लावर, एन्ड्रयु फ्लिन्टफ र जस्टिन ल्यांगरजस्ता दिग्गज नामहरू पनि सामेल छन् ।
द्रविडको योजनाबद्ध कोचिङ शैली, युवा खेलाडीहरूलाई निखार्ने अद्वितीय क्षमता र दीर्घकालीन सोचका कारण उहाँलाई बलियो दाबेदार मानिएको रिपोर्टमा उल्लेख छ । ५३ वर्षीय द्रविडको प्रशिक्षण कार्यकालमा भारतले सन् २०२४ को टी-२० विश्वकप जितेको थियो भने टोली २०२३ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो । भारतको यू-१९ र ‘ए’ टोलीसँग उहाँले गरेको कामको पनि क्रिकेट जगत्मा निकै प्रशंसा हुने गर्छ । रिपोर्टका अनुसार द्रविड हाल पूरै समय फुल-टाइम कोचिङको जिम्मेवारी लिन इच्छुक देखिनुभएको छैन ।
जिम्बाब्वेका पूर्वकप्तान एन्डी फ्लावरलाई प्रमुख दाबेदार मानिएको छ । उहाँको अघिल्लो प्रशिक्षण कार्यकालमा इंग्ल्याण्डले तीनवटा एशेज शृंखला जितेको थियो भने टेस्ट र्यांकिङमा नम्बर–१ को स्थान पनि हासिल गरेको थियो । फ्लावरले हालै रोयल च्यालेन्जर्स बेंगलोरलाई लगातार दुईवटा आइपिएलको उपाधिसमेत दिलाउनुभएको छ । यीबाहेक रिचर्ड डसन, श्रीलंकाका महान ब्याट्सम्यान कुमार संगाकारा र पाकिस्तानका मुख्य प्रशिक्षक माइक हेसनको नाम पनि सम्भावित उम्मेदवारको सूचीमा रहेको बताइएको छ । एजेन्सी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर