काठमाडौं । नवीन तथा व्यावहारिक शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ । सहकार्यअन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेसनल स्कुलको फ्याबल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिने बताइएको छ । उक्त कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार पहिलो अन्तरक्रियात्मक कक्षामार्फत् गरिएको हो ।
पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए । शैक्षिक वर्षभर सञ्चालन हुने उक्त कार्यक्रममा विद्यार्थीलाई थ्रिडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, फोटोग्राफी, भिजुअलइफेक्ट्सलगायतका स्टिम(विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित) विषयमा व्यावहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिनेछ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित उक्त कार्यक्रमको सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याबल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेसनल स्कुलले गर्नेछ भने कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुने बताइएको छ । शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुर्ई घण्टाको कक्षा सञ्चालन गरिने र त्यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच तथा व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।
दुवै विद्यालयले उक्त गैरव्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर