असार २५ गतेको अंकबाट क्रमश ......
जागिरको अवधिमा अनेक तालका हाकिमसँग मेरो संगत भयो । तर, यसपालिको जस्तो डेड-अक्कली हाकिम यसअगाडि कहिल्यै फेलापरेको थिएन । फुटेको मादलबाट निस्किने बेसुरको धोद्रो र कर्कस ध्वनिजस्तो बोली भएको उसको स्वभाव बिचित्रको छ । उसको हँसाइ पनि किस्ता–किस्तामा हुन्छ । कुनै कुरा राम्रो लाग्यो भने या खुशी भयो भने पूरै हाँसो एकै पटक हाँस्दैन । एक पटकमा कुराको जति मजा लिन्छ त्यति नै हाँस्छ..हा..हा ! केही समयपछि अझ रस लिँदै फेरि हाँस्छ..हा..हा ! यस्तो लाग्छजस्तो कि दिनभरी जंगल चरेर आएको बुढो राँगो उग्राउँदै गरेको होस् ।
ठेकेदारको बिल भुक्तानी गर्ने बेलामा मात्र टुप्लुक्क कार्यालयमा झुल्किने उसलाई कामको कुनै मतलब हुँदैन । मतलब हुन्छ त नगदनारायण, सुरा र सुन्दरीको मात्र । साइट जान्छु भनेर हिँडेको मानिस पोखरा पुग्यो कि काठमाडौं, अत्तोपत्तो हुँदैन । कार्यसम्पादन मूल्याकनको बेला भने, सप्रिएका जति सबै कामको जस् आफू लिन्छ । बिग्रिएजति सबै कामको अपजस मेरो थाप्लोमा हाल्ने गर्छ ।
यो वर्ष मेरो पदोन्नति हुनेवाला थियो । तर, हाकिमले मेरो कार्यसम्पादन मूल्यांकन बिगारेर पठाएको रहेछ । मन्त्रालयबाट त्यो कुराको सुइँको पाएको मैले उसलाई लतार्ने सोच बनाएर एउटा रात्रि भोजको आयोजना गरेँ । भोजमा मैले आफ्ना सबै सहकर्मी र सहयोगीलाई बोलाएको थिएँ । रात्रि भोजमा कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर हाकिम र मेरोबीचमा ठूलै घम्साघम्सी पर्यो । रात्रि भोज वाकयुद्धमा परिणत भयो । ‘काम गर्ने कालु, मकै खाने भालु !’ भनेको यही हो । मेरो कार्य सम्पादन रिपोर्ट बिगारेर मलाई नै बलिको बोका बनाउने ? यस्तै बिठ्याइ गर्न थाल्यौ भने तिम्रा मकै भटमास चपाउने बंगारा झार्न मलाई कुनै साइत हेर्नु पर्दैन । अर्को कुरा पनि सुन, तिम्रो बढुवाको फाइलमा रातो मसि लगाएर रोक्न सकिन भने म पनि आफ्नो कानमा कौडो झुण्ड्याएर हिँड्नेछु । आफूलाई के ठानेका छौ तिमीले ? भन्दै बेस्सरी थर्काएँ ।
अक्क न बक्क भएको म चुपचाप मनकामना माताको मन्दिरतर्फ लागेँ । माताको दर्शनपश्चात् एक सुरमा ओह्रालो झर्दै गरेको मेरो मनमा अनेक थरी कुरा खेल्न थाले । तीमध्येको प्रमुख थियो बोका हराउनुको कारण । अरूका बोका छोडेर स्यालले किन मेरै बोका लग्यो ? बोका साँच्चिकै स्यालले लग्यो कि, जालझेल भयो ? मन्दिर परिसरमा पुगेर रातभरि रक्सी धोक्ने मजस्ता मती भ्रष्टलाई बलि दिने अधिकार छैन भन्ने लागेको पसलेले पो बिठ्याइ गर्यो कि ? जति सोचे पनि कुनै निर्णयमा पुग्न सकिन । त्यो रहस्य, सधैंका लागि रहस्य नै रह्यो ।
अर्को दिन बिहान आँखा खुल्दा राति अघाउँजी धोकेको रक्सीको धंगधंगेले टाउको लट्टु घुमेजसरी फनफनी घुम्दै थियो । उठेर बाथरूममा पसेँ । जे गरे पनि हुने, बाथरूमको स्वतन्त्रता मलाई साह्रै रमाइलो लाग्छ । हनुमानको जस्तो मुख बनाए पनि भयो । आँखा च्यातेर ऐना हेरेर उभिए पनि भयो । कस्तो मज्जा ! सोचविचारका लागि त झन् कुरै नगर ! बाथरूमभन्दा आदर्श थलो अर्को हुनै सक्दैन । बाथरूमभित्र पस्ने बित्तिकै अघिल्लो रातको बाकयुद्ध झल्झली सम्झिएँ । त्यो दृश्य सम्झिँदै गर्दा मेरो बुद्दिको बिर्को एकाएक ढ्वाक्क खुल्यो । म अनायास परम ज्ञानीमा परिणत भएँ । रक्सीको सुरमा हाकिमलाई गालीगलौजको माला पहिर्याएर अपमान गरेकोमा मलाई आत्मग्लानी र लज्जाबोध दुबैले ग्रस्त बनायो ।
त्यो कुराको प्रयश्चित गर्ने सोच बनाएको मैले तत्कालै मनकामना मन्दिरमा कालो बोकाको बलि चढाउने भाकल गरेँ । भाकल गरेपश्चात् संस्काररूपी रोगले ग्रस्त मेरो मन केही हलुंगो भयो । बाथरूमबाट निस्किएर बरण्डामा टहलिँदै थिएँ । त्यस्तैमा गम्भीर मुद्रा धारण गर्दै मेरो क्वार्टरतिर आउँदै गरेको हाकिमलाई देख्दा मेरा दुवै कान ठाडा भए । बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खान थाल्यो मलाई । हाकिम मसँग लाप्पा खेल्न पो आएको हो कि ? भन्ने लागेको म सतर्क मुद्रामा जहाँको त्यहीँ उभिए ।
‘गुड मर्निंग’ भन्दै आएर हात मिलाएको हाकिमको अनुहार मलिन थियो । कुर्सी तानेर बरण्डामा बसेको उसले भन्यो-सरी, जे नहुनुपर्ने थियो त्यही भयो । रातिको घटनाप्रति म दुखित छू । हाम्रो सचिव ज्यू तपाइँको मामा होइसिन्छ भन्ने कुरा यदि मैले यसअगाडि थाहा पाएको भए यस्तो हुने नै थिएन । आफ्नो खल्ती न्यानु पारेर अर्को व्यक्तिलाई बढुवा गर्न चाहने मन्त्रीज्यूले तपाइँको कार्यसम्पादनमा रातो मसि लगाउन दिएको दबाबलाई मैले मान्ने थिइन् । मन्त्रीज्यूको अनाश्यक दबाबले गर्दा सबै कुरा बिग्रिएको हो । म आजै मन्त्रालय गएर तपाइँको कार्यसम्पादन मूल्यांकन सच्च्याउनेछु, भन्दै क्वार्टरतिर लाग्यो ।
ऊ हिँडेपश्चात्, आफूलाई महान राष्ट्रसेबक कर्मचारी ठहर्याउँदै आनन्दित भएर खुट्टा तेर्स्याएर कुर्सीमा लमतन्न भए । मनमनमा सोचें, मजस्तो देशभक्त कर्मचारी, जसले ठेकेदारबाट असुल गरेको रकमको हिस्सा इमानदारीपूर्बक सचिव र मन्त्रीसम्म पुर्याउँछ, उसैको कार्यसम्पादन मूल्यांकनमा रातो मसी लगाएर बिगारी दिने ! मामा सचिव भएको कारण मेरो मूल्यांकन त सच्चिएला ! तर, ‘खेतीको लागि मनसुन र जागिरका लागि भनसुन’ भन्ने उखानलाई व्यवहारमा उतार्न नसक्ने, अरूको हालत के होला ?
त्यस्तैमा आफूले गरेको भाकल सम्झिए । भाकल पूरा भएन भने मनकामना माता रिसाउलिन् र बढुवा रोकिएला भन्ने डरले सताउन थाल्यो । तत्कालै बस चडेर आँबु खैरिनी पुगेको मैले पचास रुपैयाँमा यो बोको किनेँ । बोको डोर्याउँदै दरौंदी खोलाबाट उकालो लागेर तिमीसँग भेट हुँदासम्म पनि मलाई राति धोकेको रक्सीको धंगधंगेले छोडेको थिएन, भन्दै आफ्ना कुरा टुंग्याए ।
युवकले भन्यो, काला अक्ष्यरलाई भैंसीसरह ठान्ने म धेरै कुरा त बुझ्दिन साहेब । तर, एउटा कुरा बुझ्दछु, ‘हातीलाई हातीकै भारी ठूलो, मुसालाई मुसाकै भारी ठूलो’, होइन त ! चौरमा चर्दै गरेको बोका काँधमा हालेको युवक पुनः लुइँ-लुइँ उकालो लाग्यो । म उसको पछिपछि लागेँ ।
अर्को आधि घण्टाको हिँडाइपश्चात्, मनकामना मन्दिर नजिकैको चौतारोमा पुगेको युबकले खुइय..गर्दै, लौ साहेब ! आइपुग्यो मनकामना मन्दिर भन्दै काँधमा बोकेको बोको भूइँमा बिसायो । केही बेर सुस्ताएपछि मैले उसको हातमा बोलकबोल अनुसारको दश रुपैयाँ ज्याला राखिदिएँ । उसको अनुहार उज्यालो भयो । मुन्टो निहुर्याएर, दस रुपैयाँको नोटलाई निकै बेरसम्म ओल्टाईपल्टाई गरेको उसले हिफाजतसँग पट्याएर खल्तीमा राख्यो । मुन्टो उठाएर मेरो अनुहारमा हेर्दै प्रसन्न मुद्रामा मसँग बिदा मागेको युवक जारी उठाउन थानसिंहतर्फ लाग्यो । बोकाको बली दिने कार्यक्रम बिहानमात्र हुने हुँदा म बास बस्ने होटेलतिर लागे ।
खाने, बस्ने व्यवस्था र बोकाको रखवाली गर्ने कामसमेत जोडेर पच्चीस रुपैयाँ एडभान्स लिएको पसलेलाई ‘ए साहुजी, लु यो बोका बाँध्ने ठाउँ दिनुहोस् त !’ भन्दा उसले होटेलछेउमा भएको बाँसले बुनेको टाटनातिर औंला तेर्स्यायो । टाटनामा बोका बाँधेर फर्किएपश्चात् सोधें, ‘बोका त हराउँदैन नि साहु जी ?’
आजकल यतातिर बोका खाने स्याल पल्किएको छ । तर, ढुक्क हुनुहोस् साहेब, मैले रातिका लागि बोका हेर्ने केटो राखेको छु भन्दै एउटा केटालाई बोलायो । कमिजको बाहुलाले सिंगान पुछ्दै आएको केटोलाई देखाउँदै भन्यो, ‘यही हो बोका हेर्ने केटो ।’
मनै मनमा सोचें, ‘आफैं स्यालजस्तो छ । यो सिँगानेले के बोका हेर्ला र !’ सिंगान पुछ्दै आएको केटालाई पसलेले भन्यो, ‘जा त, साहेबलाई माथिल्लो तलाको सबैभन्दा राम्रो कोठा खोलिदे ।’ केटालाई पच्छ्याउँदै म तलामाथिको कोठातिर लागें । अघिल्लो रातको रक्सीको धंगधंगे, त्यसमाथि टन्टलापुर घामको तीन घण्टा लामो उकालोको हिँडाइ । थकाइले लखतरान भएको थिएँ । थकाई कसरी मेटाउने होला भन्ने कुरा मनमा खेल्दै गर्दा, धंगधंगे मेटाउन आँबु खैरेनीमा बिहान सबेरै किनेर झोलामा हालेको खुकुरी रमको बोतलको सम्झना भयो ? झोला खोलेर हेरें । बोतल यथास्थानमा ठडिएको देख्दा मेरो मन सित्तल भयो । ‘के खोज्छस् काना ? आँखा !’ मलाई पुगि त हाल्यो !
बली चढाउने मन्दिर परिसरका होटेलमा मासु प्रतिबन्धित हुँदैन भन्ने कुरा बिर्सिएको मैले, छेउछाउमा मासु पाइने सम्भाबना देखिन । रक्सीको सितन खोज्नका लागि होटेलको वेटरलाई बोलाए । बोका बोकेर आउने तन्नेरीजस्तै, एउटा तन्नेरी आएर खम्बा उभिएजसरी ठिंग उभियो । उसलाई नजिकै बोलाएर कानमा खुसुक्क भने, ‘छेउछाउमा कतै पकाएको खसीको मासु पाइन्छ ?’
सतर्क मुद्रामा उभिएको केटाले यताउति हेर्दै भन्यो, ‘आज तल्लो गाउँको खम्बेको होटेलमा ठूलो खसी काटेका छन् । उसको होटेलमा पकाएको मासु साह्रै स्वादिलो हुन्छ । साँझ परेकै छैन, सकिएको छैन होला ! तर, पसलेले बाहिरबाट मासु ल्याएको कुरा थाहा पायो भने त मलाई जागिरबाट निकालिदिन्छ नि । ‘म कसैलाई भन्दिन क्यारे ! तिमीले भन्ने कुरै भएन ! तिमी र मबाहेक अरू कसले थाहा पाउने र ? एक प्लेट मासुको कति पर्छ ?’ उसले भन्यो ‘एक प्लेटको पाँच रुपैयाँ ।’
खल्तीबाट पन्ध्र रुपैयाँ निकालेर दिँदै भने, ‘एक प्लेट तिमीले खानु । दुई प्लेट मलाई ल्याइदिनु ल !’ महिनाभरि, चौबीसै घण्टा होटेलमा बसेर काम गर्दा बल्लतल्ल मासिक पन्द्र रुपैयाँ तलब पाउने ऊ बक्सिसमा पाँच रुपैयाँ पाउँदा मक्ख पर्यो । खुशी भएर बुर्कुसी मार्दै कुधेको घोडाजसरी एक पाइलामा तीन खुड्किला भर्यांग नाघ्दै भूइँ तलामा पुग्यो युबक । म नुहाइधुवाइ गरेर कोठामा फर्किंदासम्म केटोले दुई प्लेट मासु मेरो कोठामा पुर्याइसकेको रहेछ । बस, अब के चाहियो र ! खुकुरी रमको अधि बोतल र दुई प्लेट मासु चट पारेको म, ‘सम्पत्तिको नाममा आफूसँग भएको एउटा गधा बेचेर ढुक्कसँग सुतेको धोबी’ जसरी ओच्छ्यानमा मस्त घुर्न थालें ।
बिहान अबेरमात्र निद्रा खुलेको मैले सुति-सुति पूर्वपट्टिको झ्याल खोलें । बिहानीको कलिलो घामसँगै कोठामा छिरेको सित्तल हावाले मन प्रसन्न भयो । ओच्छ्यानबाट उठेर कोठाको पश्चिमपट्टीको झ्याल खोलें । आँखाअगाडि देखा पर्यो हरियालीले छपक्क छोपिएका गगनचुम्बी चुचुरामा छरिएको सुनौलो घामको मनमोहक दृश्य । गगनचुम्बी चुचुराको रमणीय दृश्यमा रमाउँदै गरेका मेरा आँखा क्रमसः तल–तल झर्दै गए । दृष्टि जति–जति तल झर्दै गयो त्यहाँ देखिएको अद्भूत दृश्यले मन झन्–झन् रोमाञ्चित हुँदै गयो । खापैखाप खप्टिएर बसेका फूलका ठुल्ठूला गुच्छाले छोपेजसरी सेतो बादलका गुच्छाले छपक्क छोपिएको मर्स्यांगदीको पूरा फाँटको आकाशमा दूधको ठूलो पोखरी जमेको भान हुन्थ्यो । ओहो ! कस्तो अभुतपूर्व दृश्य ! त्यो अकल्पनीय दृश्य देख्दा मन्त्रमुग्ध भएको म आधी घण्टासम्म टोलाएर बसिरहेँ । त्यो बीचमा भूइँतलाबाट आएको ठुल्ठूलो स्वर कानमा पर्दा मेरो चेतना यथास्थितिमा फर्कियो । चियाको तलतल मेटाउन भूँइँ तलामा ओर्लिँदै गर्दा मेरो कानमा ठोक्कियो, ‘रातभरि कसको के हेरेर बसेको थिइस् र स्यालले बोका लग्यो ?’
पसलेको ठुल्ठूलो स्वर सुन्दा, कहीं मेरै बोको त लगेन स्यालले भन्ने सोचले मन खंग्रंग भयो । राति धोकेको खुकुरी रमको नशा एकाएक ओर्लियो । पसलेलाई सोधें, ‘के भयो साहु जी, किन चिच्याउनु भएको त्यसरी ?’ पसलेले, अघिल्लो दिनको सिँगाने केटोतिर औंला तेर्स्याउँदै भन्यो, ‘हेर्नुहोस् न साहेब, बोका रुंग्न यसलाई लगाएको थिए । यो निदाएको मौका छोपेर स्यालले तपाइँले ल्याउनु भएको बोका लगेछ । पूजाको समय भइसक्यो, लौ त, अर्को बोका कहाँबाट ल्याउने ?’ मतिर फर्किएको पसलेले भन्यो, ‘तपाईंले बोका मेरो जिम्मामा छोड्नु भएको थियो, हर्जाना पनि मैले नै तिर्नुपर्छ । तर, मसँग बोका छैन । कुखुराको एउटा ठूलो भाले छ साहेब, बोकाको साटो त्यही कुखुराको बली चढाउनुहोस् ।’
अक्कनबक्क भएको म चुपचाप मनकामना माताको मन्दिरतर्फ लागें । माताको दर्शनपश्चात् एक सुरमा ओह्रालो झर्दै गरेको मेरो मनमा अनेक थरी कुरा खेल्न थाले । तीमध्येको प्रमुख थियो बोका हराउनुको कारण । अरूका बोका छोडेर स्यालले किन मेरै बोका लग्यो ? बोका साँच्चिकै स्यालले लग्यो कि, जालझेल भयो ? मन्दिर परिसरमा पुगेर रातभरि रक्सी धोक्ने मजस्ता मती भ्रष्टलाई बली दिने अधिकार छैन भन्ने लागेको पसलेले पो बिठ्याई गर्यो कि ? जति सोचे पनि कुनै निर्णयमा पुग्न सकिन । त्यो रहस्य, सधैंका लागि रहस्य नै रह्यो । समाप्त







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर