काठमाडाैं । कुशल भुर्तेलको शतकीय इनिङ्स तथा हेमन्त धामीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ८१ रनको प्रभावशाली जित हासिल गरेको छ ।
जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमै १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि चार्ली ब्रेननले सर्वाधिक ८२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन । अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार योगदान दिन नसक्दा जर्सी लक्ष्यभन्दा निकै टाढा रोकिएको थियो ।
नेपालका बलरहरूले सुरुदेखि नै कसिलो प्रदर्शन गरेका थिए। विशेषगरी तीव्र गतिका बलर हेमन्त धामीले घातक बलिङ गर्दै ४ विकेट लिन सफल हुनुभयाे । आरिफ शेखले ३ विकेट हात पार्दा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिनुभयाे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५० रन बनाएको थियो । नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बन्नुभयाे । उहाँले संयमित र जिम्मेवार ब्याटिङ गर्दै १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ्स खेल्नुभयाे । उहाँको इनिङ्सले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
कुशललाई भीम सार्कीले ३९ रन बनाएर राम्रो साथ दिनुभएकाे थियाे । तल्लो क्रममा हेमन्त धामीले अविजित १९ रन जोड्दै टोलीको स्कोर अझ मजबुत बनाउनुभएकाे थियाे ।
अन्य ब्याट्सम्यानमध्ये आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ तथा ईशान पाण्डेले १ रन बनाउनुभयाे ।
यस जितसँगै नेपालले दुई खेलको एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ । अब नेपालले जर्सी भ्रमणअन्तर्गत दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार खेल्ने कार्यक्रम रहेको छ । उक्त खेल जित्न सके नेपालले शृंखला क्लिनस्वीप गर्नेछ भने जर्सी शृंखला बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर