काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्न सरकारलाई आग्रह गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मुलुक संकटमा रहेकाले त्यसलाई बचाउनका लागि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्नुपर्ने भन्दै सरकार र सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभएको हो । सांसद सिंहले राष्ट्रिय मुद्दा तय गरेर मुलुकलाई संकटबाट जोगाउन पनि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउनुपर्ने बेला आएको बताउनु भयो ।
उहाँले राजनीतिक दलहरुबीचको घोचपेचमा मुलुकमा विद्यमान संकट समाधान नहुने पनि बताउनु भयो । सांसद सिंहले सबै पेशा, व्यवसायमा रहेका नागरिकहरु संकटको चपेटामा रहेकाले त्यसबाट पार लगाउन पनि सबै राजनीतिक दलहरुले राष्ट्रिय मुद्धा तय गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैराश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौ । म प्रार्थना गर्दछु कि सम्पूर्ण राजनीतिक दललाई, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई हामी यसलाई घोचपेचको विषय नबनाऔ । राज्य रह्यो भने, नागरिक रह्यो भने लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौला । कोही सत्ता पक्ष, कोही प्रतिक्षमा रहौला । तर प्रतिपक्ष स्थायी होइन । आज सत्तापक्षमा छ, भोली प्रतिपक्षमा होला । जो हिजो सत्तापक्षमा थियो, आज प्रतिपक्षमा छन । तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँ पनि नरहौला । आज देशमा राष्ट्रिय संकट छ । आज जनतामा संकट छ । चारैतिर व्यवसायीदेखि लिएर नागरिक युवादेखि लिएर विद्यार्थीहरुमा समेत निराशा छ । हामीले निराशा नबाँडौ । हामी यसको समाधान गरौ । बरु मिल्छ भने म सभामुखजीलाई आग्रह गर्न चाहन्छु-यहाँ संसद भित्र उपस्थित तमाम दललाई एकजुुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौ । हामी सम्पूण दलहरु मिले मात्रै यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ । यो देशको लोकतन्त्र बाँच्न सक्छ । देशको नैरश्यता हटन सक्छ । देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ ।’
सांसद सिंहले मुलुकको संविधान र लोकतन्त्रको रक्षाका लागि पनि सरकारले नागरिकमा रहेको निराशा हटाउन पनि पहल गर्नुपर्ने बताउनु भयो







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर