काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा करिब २० मिनेटमात्रै बसेर बाहिरिनुभएको छ। उहाँ मंगलबार दिउँसो १ः३७ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गर्नुभएको थियो भने १ः५५ बजे सदनबाट बाहिरिनुभएको हो।
गत जेठ १७ गतेको प्रश्नोत्तर कार्यक्रमपछि पहिलो पटक संसद्मा उपस्थित हुनुभएका प्रधानमन्त्री शाहको उपस्थितिकै क्रममा प्रतिपक्षी दलका सांसदहरूले सरकारविरुद्ध चर्को आलोचना गरेका थिए। विशेषगरी विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा राजनीतिक नेतृत्वका निवासअगाडि गाडी पार्क गरेर त्रास सिर्जना गरिएको घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीकै उपस्थितिमा सरकारको आलोचना गरेका थिए।
प्रधानमन्त्री शाह संसद्मा प्रवेश गर्नुअघि सभापति लामिछानेसँग केहीबेर छलफल गर्नुभएको थियो। त्यसपछि दुवै जना एकसाथ बैठक कक्षमा प्रवेश गर्नुभएको हो।
यसक्रममा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले धारणा राखिरहनुभएको बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठक कक्षमा प्रवेश गर्नुभएको थियो।
उक्त घटनाप्रति आपत्ति जनाउँदै नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसदीय मर्यादा तथा नियम उल्लङ्घन गरेको दाबी गर्नुभयो।
उहाँले बोलिरहनुभएका सांसद र सभामुखको आसनबीचबाट हिँडेर बैठक कक्षमा प्रवेश गरिएको भन्दै त्यसलाई संसदीय अभ्यासविपरीत भएको उल्लेख गर्नुभयो। साथै, यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो।
प्रधानमन्त्रीको छोटो उपस्थितिसँगै संसद्मा उठेका नियमापत्ति र प्रतिपक्षको आलोचनाले सदनको वातावरण थप तातेको छ। सभामुखले यस विषयमा के रुलिङ गर्नुहुन्छ भन्नेमा सांसदहरूको चासो केन्द्रित रहेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर