काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका कामभन्दा विवादमा बढी केन्द्रित भएको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो।
उहाँले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि ती दिन विकासका उपलब्धिभन्दा विवादमै बितेको आरोप लगाउनुभयो।
सांसद रानाले स्वास्थ्य क्षेत्रमा रेबिज र क्यान्सरजस्ता गम्भीर रोगका औषधिको अभाव रहेको, नेप्से परिसूचकमा गिरावट आएको, निजी क्षेत्र अन्योलमा रहेको तथा युवा पलायन रोक्न सरकारले प्रभावकारी नीति ल्याउन नसकेको बताउनुभयो। साथै, कुपोषणको समस्या बढ्दै गएको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले सुकुम्बासीको समस्या, किसानले मल नपाएको अवस्था तथा वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुँदा बालबालिकालाई विद्यालय जान कठिन भएको अवस्थाको उल्लेख गर्दै विपद्को समयमा पनि सम्बन्धित विभाग तीन महिनादेखि नेतृत्वविहीन रहनु दुःखद भएको बताउनुभयो।
राजदूत नियुक्तिको विषयमा टिप्पणी गर्दै सांसद रानाले कूटनीतिक नियुक्तिलाई सामान्य पदपूर्तिको प्रक्रियाजस्तो बनाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार राजदूत नियुक्ति राष्ट्रहितसँग जोडिएको संवेदनशील जिम्मेवारी भएकाले त्यसमा योग्य र सक्षम व्यक्तिको छनोट हुनुपर्छ।
सांसद रानाले सरकारले आफ्नो कार्यसम्पादनको कमजोरी ढाकछोप गर्न विगत ३५ वर्षमा केही पनि उपलब्धि नभएको भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको आरोपसमेत लगाउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर