मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर र हेल्मेट फेला परेको छ। घटनामा बेपत्ता चालकको खोजी भने अझै जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा. प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटरका धनी सर्लाहीका महेश कुमार कार्की रहेको ब्लुबुक तथा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार स्कुटर बग्ने क्रममा त्यसमा कति जना सवार थिए र चालक महेश कार्की नै हुनुहुन्थ्यो वा होइन भन्ने विषय अझै यकिन हुन सकेको छैन।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा बेपत्ता चालकको खोजीलाई निरन्तरता दिएको छ।
घटनापछि मंगलबार बिहानदेखि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ३ बजे कुलेखानी ड्यामनजिक रहेको सिमखोला तर्ने क्रममा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो।
यसैबीच प्रमुख जिल्ला अधिकारी अधिकारीले घटनास्थलको अनुगमन गर्दै झरना, खोला तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरो हटाइएपछि जिल्लाका मुख्य सडक सञ्चालनमा आएका छन्। यद्यपि मौसम र जोखिमको अवस्थालाई मध्यनजर गर्दै आवश्यक परे साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक आवागमनमा अस्थायी रोक लगाउन सकिने जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर