काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ तथा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
सबैभन्दा पहिले मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्नुभयो। सभामुखले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भयो।
त्यसपछि प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुभयो।
प्रतिनिधिसभाले उक्त प्रस्तावसमेत सर्वसम्मत रूपमा स्वीकृत गर्दै दुवै विधेयकलाई थप अध्ययन, छलफल तथा आवश्यक संशोधनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर