काठमाडौं । वागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ।
मंगलबार आयोजित बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै वागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अनलाइनमार्फत दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन गरी बचत फिर्ता प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
उहाँले प्रदेश सरकारले सहकारी बचत फिर्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहकारी पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्नुभयो।
मन्त्री पौडेलले भन्नुभयो, “सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ। त्यसकारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिन अनुरोध गर्दछौँ। अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ। अनलाइनमार्फत उजुरी दिएपछि त्यसको आवश्यक अध्ययन गरी पीडितलाई बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।”
उहाँले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने पनि बताउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर