काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२६ बिन्दुमा पुगेको छ।
नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले वृद्धि हुँदै ४५१.३४ बिन्दुमा कायम भएको छ। त्यस्तै फ्लोट परिसूचक ०.३२ अंकले बढेर १७६.८८ तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.२० अंकले उकालो लाग्दै १५२.५० बिन्दुमा पुगेको छ।
मंगलबार कुल १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहका सूचकमा वृद्धि भएको छ भने एक उपसमूह मात्रै घटेको छ। कारोबारमा सहभागी कम्पनीहरूमध्ये १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको तथा १० कम्पनीको मूल्य स्थिर रहेको छ।
सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा कामना सेवा विकास बैंक डिबेञ्चर, साङ्ग्रिला विकास बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्था रहे। यता सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबीआई बैंक डिबेञ्चर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरे।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर