काठमाडौं । सरकारले कानुनविपरीत जथाभावी सवारी साधन पार्किङ गरी ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारमाध्यम र नेताका घरअगाडि गाडी पार्किङ गर्ने घटना सरकारको नियोजित कार्य नभएको स्पष्ट पार्नुभयो।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले नेताका घर तथा सञ्चारमाध्यमका कार्यालयअगाडि नियमविपरीत सवारी साधन पार्किङ गरिएको र जरिवानासमेत नतिरी छाडिएको विषयमा सरकारको कुनै संलग्नता नरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन। जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानुनअनुसार जे सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ।’
मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुर्याउने उद्देश्यले सवारी साधन राख्ने कार्यमा संलग्न व्यक्तिहरूको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो।
उहाँले यस घटनामा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि कानुनबमोजिम कारबाही हुने स्पष्ट पार्दै विधिको शासन कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न सरकार कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर