काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको सानदार बलिङ मद्दतमा जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको नेपाल आज (बुधबार) दोस्रो खेल खेल्दैछ । आज अर्को एकदिवसीय खेल खेलेपछि नेपालले नेदरल्याण्ड्समा नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृंखला खेल्नेछ ।
सोमबार राती ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ रनको जित हासिल गरेको थियो । ब्याटिङमा भुर्तेलले शतक बनाउनुभयो भने बलिङमा हेमन्त धामीले चार अनि आरिफले तीन विकेट लिँदै जर्सीलाई धराशायी बनाउनुभएको थियो ।
नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १६९ रनमा अलआउट भएको थियो । चार्ली ब्रेनन ८२ रनमा अविजित रहे पनि जित दिलाउन सक्नुभएन । डानियल बिरेलले ४१ रन बनाउनुभएको थियो । नेपालका लागि हेमन्तले सात ओभरमा ३७ रन दिएर चार विकेट लिनुभयो भने आरिफले पाँच ओभरमा नौ रन दिएर तीन विकेट लिनुभएको थियो । करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिनुभयो ।
जर्सी १२औँ ओभरमा ३९-५ अनि २०औँ ओभरमा ५९-८ को अवस्थामा पुगेको थियो र ब्रेनन र बिरेल मिलेर ९४ रनको साझेदारी गर्नुभएको थियो । यद्यपि नेपालले साझेदारी तोड्न सफल भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २५० रन बनाएको थियो । यसअघि ३१औँ ओभर चलिरहँदा नेपाल १५८-२ को अवस्थामा रहँदा वर्षा भएपछि करिब डेढ घण्टा खेल रोकिएको थियो । खेल पुनः सुरु हुँदा ओभर घटाइएको थिएन । भुर्तेल ११७ बलमा १०५ रन बनाएर आउट हुनुभएको थियो । उहाँले १३ चौका प्रहार गर्नुभएको थियो भने भीम सार्कीले ३९ रन जोड्नुभएको थियो ।
एक समय २९औँ ओभरमा १४८-१ अनि ३५औँ ओभरमा १७२–२ को बलियो अवस्थामा देखिए पनि नेपाली टोलीको ब्याटिङ त्यसपछि धर्मराएको थियो । जर्सीका लागि डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनवुडले दुई-दुई विकेट लिँदा जर्ज रिचार्डसन र चार्ल्स पर्चार्डले एक-एक विकेट लिनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर