एजेन्सी । ‘पप सम्राट’ माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्र ‘माइकल’ विश्व बक्स अफिसमा एक अर्ब अमेरिकी डलरको आँकडा पार गर्ने पहिलो बायोपिक बनेको छ । चलचित्रले सन् २०२३ मा प्रदर्शन भएको ‘ओपेनहाइमर’को कमाइलाई उछिन्दै नयाँ कीर्तिमान कायम गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भेराइटीका अनुसार चलचित्रले अन्तर्राष्ट्रिय बजारबाट ६२ करोड ९८ लाख अमेरिकी डलर तथा उत्तर अमेरिकी (घरेलु) बजारबाट ३७ करोड १८ लाख अमेरिकी डलर कमाएको छ । यससँगै यसको विश्वव्यापी कुल कमाइ एक अर्ब १० लाख अमेरिकी डलर (१.००१ अर्ब डलर) पुगेको छ ।
चलचित्रले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्तर अमेरिकाबाट नौ करोड ७० लाख अमेरिकी डलर तथा विश्वभरबाट २१ करोड ७० लाख अमेरिकी डलर कमाउँदै सशक्त सुरुवात गरेको थियो । चलचित्रले निरन्तर उत्कृष्ट व्यापार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
यसअघि भौतिकशास्त्री जे.रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित निर्देशक क्रिस्टोफर नोलनको चलचित्र ‘ओपेनहाइमर’ले विश्वव्यापी रूपमा ९७ करोड ५० लाख अमेरिकी डलर कमाएको थियो ।
निर्देशक एन्टोइन फुक्वाको निर्देशनमा बनेको ‘माइकल’ले माइकल ज्याक्सनको ‘ज्याक्सन फाइभ’बाट सुरु भएको सांगीतिक यात्रा, विश्वव्यापी लोकप्रियता र ‘किङ अफ पप’का रूपमा स्थापित हुँदासम्मको जीवनलाई पर्दामा उतारेको छ । चलचित्रमा माइकल ज्याक्सनको भूमिका उहाँका भतिजा जाफार ज्याक्सनले निर्वाह गर्नुभएको छ । साथै, कोलम्यान डोमिंगो, निया लङ र माइल्स टेलरको पनि प्रमुख अभिनय छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर