काठमाडौं । नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित ‘फेस अफ नेपाल’को तेस्रो संस्करण आयोजना हुने भएको छ । एमएस प्रोडक्सन प्रालिले प्रतियोगिताका लागि आगामी साउन २ र ३ गते काठमाडौंमा अडिसन सञ्चालन गर्ने जनाएको छ ।
प्रतियोगिताका लागि आवेदन यसअघि नै खुला गरिएको जानकारी दिँदै ‘फेस अफ नेपाल’की अध्यक्ष तथा अभिनेत्री मेनुका माझीले युवाहरूको व्यक्तित्व विकास, मोडलिङ तथा मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको जानकारी गराउनुभयो ।
प्रतियोगितामा १७ देखि ३० वर्ष उमेर समूहका नेपाली पुरुष तथा महिलाले सहभागिता जनाउनसक्ने जनाइएको छ । इच्छुकले ‘फेस अफ नेपाल’को आधिकारिक फेसबुक पेज तथा एभेन्टोजमार्फत आवेदन दिनसक्ने आयोजक एमएस प्रोडक्सन प्रालिले उल्लेख गरेको छ ।
अडिसनमा छनोट भएका प्रतिस्पर्धीलाई व्यक्तित्व विकास, मोडलिङ, स्टेज प्रस्तुति तथा ग्रुमिङसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने बताइएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ २४ गते काठमाडौंमा आयोजना गरिनेछ ।
‘फेस अफ नेपाल’की निर्देशकसमेत रहनुभएकी मेनुका माझी अभिनेत्री तथा मोडलका रूपमा परिचित हुनुहुन्छ । विशेषगरी भोजपुरी चलचित्र उद्योगमा सक्रिय माझी अभिनीत पहिलो नेपाली चलचित्र ‘लज्जावती’ आगामी साउन २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर