काठमाडौं । यही शुक्रबार साउन १ गतेबाट रिलिज हुने चलचित्र ‘गौँथली’लाई प्रिमियर शोमा रुचाइएको छ । सोमबार साँझ सिभिल मलमा भएको प्रिमियर शो गरिएको थियो । २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै प्रिमियर शो हेर्नेहरूले प्रशंसा गरेका थिए । उनीहरूले ‘गौँथली’ले दर्शकलाई पूरै अवधि बाँधेर राख्ने विश्वास व्यक्त गरे ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले गरेको अभिनयलाई रूचाइएको छ । अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको तारिफ भएको छ ।
चलचित्र हेर्न कलाकारहरू कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत प्रिमियरमा पुग्नुभएको थियो । उहाँहरूले तत्कालीन नेपाली समाजको अनुहार चलचित्रले उतारेकाले सिनेमा चल्नेमा ढुक्क रहन निर्माण टिमलाई आग्रह गरेका थिए । कपिल रिजालले निर्देशन गरेको यो चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरीको प्रस्तुतिमा बनेको हो ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको थियो । चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माताको रूपमा सुमन गिरी र डा.कपिल रिजाल हुनुहुन्छ ।
इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा हुनुहुन्छ । डा.भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गर्नुभएको छ ।
यसैबीच, यस चलचित्रको अग्रिम टिकट बुकिङ पनि खुल्न थालेको छ । देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना हलमा ‘गौंथली’को शो तालिका सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ । त्यसैगरी वान सिनेमाजलगायत अन्य मल्टिप्लेक्सहरूले पनि चलचित्रको अग्रिम बुकिङ खुलाइसकेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर