काठमाडौं । देशभरका प्रमुख चलचित्र प्रदर्शनस्थलमा यतिबेला नेपाली चलचित्रको उपस्थिति शून्य बनेको छ । यो शुक्रबारदेखि चलचित्र ‘गौँथली’ पर्दशनमा आउँदैछ । हाल मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अधिकांश सिनेमा हलमा करिब एक दर्जन विदेशी भाषाका चलचित्र प्रदर्शन भइरहेका छन् भने एउटा पनि नेपाली चलचित्र नियमित प्रदर्शनमा छैन ।
निर्माता तथा वितरकले नयाँ नेपाली चलचित्र प्रदर्शनमा नल्याउँदा दर्शकले चाहेर पनि हलमा नेपाली चलचित्र हेर्न नपाउने अवस्था सिर्जना भएको हो । गएको शुक्रबार प्रदर्शनमा आएको नेपाली चलचित्र ‘भागदौड’ले समेत क्यूएफएक्समा स्थान पाउन सकेन । क्यूएफएक्सले दर्शकको अग्रिम चासो (इनक्वायरी) र बजारको हाइपका आधारमा चलचित्रलाई प्रदर्शन समय उपलब्ध गराउने नीति अपनाउँदै आएको जनाएको छ । यद्यपि, ‘भागदौड’ केही अन्य हलमा सीमित शोसहित प्रदर्शन भइरहेको छ । हाल कीर्तिपुर सिनेप्लेक्समा भने चलचित्र ‘रोल नं. १’ सीमित शोका साथ प्रदर्शनमा रहेको छ ।
यसैबीच, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो आधिकारिक बक्स अफिस विवरण अनुसार ‘लालीबजार’ र ‘आई एम जितबहादुर’ले आफ्नो प्रदर्शन यात्रा समाप्त गरेका छन् भने सूचीमा ‘रोल नं. १’ र ‘जाँड’मात्र कायम रहेका छन् ।
‘लालीबजार’ वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको निर्देशक यम थापाको ‘लालीबजार’ ले ५१ दिने प्रदर्शन यात्रामा नौ करोड ३२ लाख नौ हजार ९२५ रुपैयाँ ग्रस कमाइ गर्दै यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र बन्न सफल भएको छ ।
चलचित्रले कुल तीन लाख १७ हजार १२ टिकट बिक्री गरेको बोर्डको विवरणमा उल्लेख छ । चलचित्रमा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी र मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
असार ५ गतेदेखि प्रदर्शनमा आएको सुवेन्दु घोष निर्देशित ‘आई एम जितबहादुर’ले भने अपेक्षानुसार व्यापार गर्न सकेन । चलचित्रले प्रदर्शन अवधिभर ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रस कमाइ गरेको छ भने नौ हजार ७४२ टिकटमात्र बिक्री भएको थियो । चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ ।
यस्तै, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको जौन योञ्जन निर्देशित चलचित्र ‘रोल नं.१’ ले असार २८ गतेसम्म एक करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रका ७० हजार ६७४ टिकट बिक्री भएको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ । चलचित्रमा मुकुन भुसाल, निर्भीक रेग्मी, सुशांक मैनाली, रेणु नाथ योगी, एवोन राज उप्रेती र संयम कटुवाललगायत कलाकारको अभिनय रहेको छ ।
असार १२ गतेदेखि प्रदर्शनमा आएको निर्देशक राजु शाहको ‘जाँड’ यस वर्षको सबैभन्दा कमजोर व्यापार गर्ने नेपाली चलचित्र बनेको छ ।
आधिकारिक बक्स अफिस विवरण अनुसार चलचित्रले हालसम्म एक लाख २६ हजार ५ रुपैयाँमात्र ग्रस कमाइ गरेको छ भने ६२१ टिकटमात्र बिक्री भएका छन् । चलचित्रमा रमेश उप्रेती, पदम गुरुङ, कमला दाहाल, सान्भी खतिवडा र सुवास गजुरेललगायत कलाकारको अभिनय छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर