काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा कम्पनी छनोट गरेको छ । बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका ११ ट्राभल एजेन्सीहरूलाई सूचीकृत गरिएको जनाएको हो । राष्ट्र बैंकले सूचीकृत भएका कम्पनीलाई सूचना प्रकाशित भएको मिति असार २५ गतेबाट सात कार्यदिनभित्र बैंकको खरिद एकाइमा आवश्यक सम्झौताका लागि आउन अनुरोध गरेको छ ।
छनोट भएका ११ कम्पनीमा एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्स प्रालि, सी लिंक ट्राभल्स एण्ड टुर्स प्रालि, डिजायर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स, आइएमई ट्राभल्स प्रालि, बोन ट्राभल एण्ड टुर्स प्रालि, सुरुचि ट्राभल्स एण्ड टुर्स, अर्बिट इन्टरनेसनल ट्राभल्स प्रालि, मुन सन ट्राभल्स एण्ड टुर्स, अउरो ट्राभल एण्ड टुर्स प्रालि, स्मार्ट ट्राभल सर्भिसेस प्रालि र प्रिसियस ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
छनोट भएका कम्पनीहरूले राष्ट्र बैंकको धरौटी खातामा पाँच लाख रुपैयाँ धरौटीसमेत राख्नुपर्नेछ । सम्झौतापछि उल्लेखित कम्पनीहरूले आगामी आर्थिक वर्षभरि राष्ट्र बैंकका कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणका लागि आवश्यक हवाई टिकट उपलब्ध गराउनेछन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर