काठमाडौं । विद्यार्थीको रोजगारी, इन्टर्नसिप अवसर विस्तार तथा करियर तयारी प्रभावकारी बनाउने उद्देश्यले रोसेट्टा एजुकेसन इन्टरनेसनल र जया मल्टिपल क्याम्पसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार दुवै संस्थाले विद्यार्थीलाई उपयुक्त रोजगारीसँग जोड्ने, इन्टर्नसिप अवसर उपलब्ध गराउन सहजीकरण गर्ने तथा व्यावसायिक सीप, करियर परामर्श र रोजगार तयारीसम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने बताइएको छ ।
उक्त सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्न तथा प्रतिस्पर्धी श्रम बजारका लागि आवश्यक क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा रोसेट्टा एजुकेसनतर्फबाट समन्वयकर्ता गणेश ढकाल र जया मल्टिपल क्याम्पसतर्फबाट प्राचार्य भवानीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा दुवै संस्थाले शैक्षिक संस्था र निजी क्षेत्रबीचको सहकार्य{ थप सुदृढ बनाउँदै विद्यार्थीमैत्री कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर