काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर(प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट आफ्नो प्यान नम्बर यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई इ-टिडिएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक हुने बताइएको छ । साथै यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरमा सम्पर्क गरी सेवा लिन पनि बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिनुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर