काठमाडौं । अनरले आफ्नो लोकप्रिय अनर ६०० र अनर ६०० प्रोमा लागू गरिएको विशेष अफर अवधि थप गरेको छ । अब ग्राहकले अत्याधुनिक एआई प्रविधियुक्त उक्त स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।
ग्राहकले अफरअन्तर्गत १५ हजार नौ सय ९९ रुपैयाँ बराबरको अनर च्वाइस वाच प्रो निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्मार्टफोन फोटोग्राफी र स्मार्ट एआई अनुभव नयाँस्तरमा पुर्याउन तयार गरिएको अनर ६०० सेरिजमा एआई इमेज तथा भिडियो २.०, उन्नत एआई सम्पादन सुविधा तथा फ्ल्यागसिपस्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ ।
अफर अझ विशेष बनाउन अनरले आफ्नो निःशुल्क उपहार योजना अवधि थप गरिएको जनाएको छ । प्रिमियम एमोलेटेड डिस्प्ले, ब्लुटुथ कलिङ, स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधा र लामो ब्याट्री ब्याकअपसहित स्मार्टवाच अनर ६०० सेरिजको उत्कृष्ट साथी बन्ने कम्पनीको भनाइ छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर