काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । अध्यादेशमार्फत् भूपेन्द्र भण्डारीको अध्यक्षबाट पदमुक्तिपछि घिमिरे नै निमित्त अध्यक्ष हुनुहुन्थ्यो । मन्त्रिपरिषद् बैठलले घिमिरेलाई अध्यक्ष नियुक्तिको निर्णय गरेको हो । उहाँ प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखाका साथै प्राधिकरणकै उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा समेत हुनुहुन्थ्यो ।
रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले गत वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो । अध्यक्षका लागि आवेदन दिएका २९ उम्मेदवारमध्येबाट सिफारिस समितिले नौ जनाको संक्षिप्त सूची प्रकाशित गरेकोमा गत बुधबार आठ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका थिए ।
अध्यक्षको संक्षिप्त सूचीमा परेकामध्ये अर्जुन घिमिरे र अनिलकुमार झालाई बलियो दाबेदारका रूपमा हेरिएको थियो । वालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि एक हजार पाँच सय ३४ राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त भएका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर