काठमाडौं । काठमाडौंको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ।
कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई विद्यालयकी शिक्षिका सोना रानाले कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गर्नुभएको हो।
मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गर्दै खेलकुद सामग्री प्रदान गर्नुभयो र अध्ययन तथा खेलकुदमा निरन्तर अघि बढ्न हौसला दिनुभयो।
छलफलका क्रममा उहाँले घटनामा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाउनुभयो। साथै, विद्यार्थीमा मनोवैज्ञानिक असर नपर्ने गरी घटनामा संलग्न शिक्षिकालाई आवश्यक सचेत गराउन विद्यालयलाई आग्रह गर्नुभयो।
यस्ता घटना भविष्यमा दोहोरिन नदिन शिक्षकहरूलाई आवश्यक तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मन्त्री पोखरेलले विद्यालय व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो।
मन्त्रालयका अनुसार उक्त घटना करिब एक वर्षअघिको भए पनि यस्ता विकृति दोहोरिन नदिन र बालमैत्री शैक्षिक वातावरण सुनिश्चित गर्न विद्यालय र पीडित पक्षसँग समन्वय गरी आवश्यक पहल गरिएको हो।
खावालिङ विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार घटनामा संलग्न शिक्षिका सोना रानालाई गत जेठ महिनामै विद्यालयबाट निष्कासन गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर