मकवानपुर । मकवानपुर प्रहरीले ११ किलो ७३४ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ११ बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना २८ प ८६२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चितवनको राप्ती नगरपालिका–१३ निवासी ३१ वर्षीय मनिष प्रजालाई पक्राउ गरिएको हो।
प्रहरीले मोटरसाइकलमा सवार प्रजाको साथबाट ११ किलो ७३४ ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ परेका प्रजाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको तथा घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर