काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
यसअघि अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो।
उल्लेखनीय छ, जिल्ला अदालत काठमाडौंले गत साता उक्त मुद्दामा दोषी–निर्दोषको फैसला सुनाएको थियो भने मंगलबार दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर