काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राईलाई जिल्ला अदालत काठमाडौंले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै डा. राईलाई एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतले ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। साथै सोही कसुरमा थप छ महिना कैद पनि निर्धारण गरिएको छ।
यद्यपि एकीकृत सजायका रूपमा अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो।
अदालतका अनुसार डा. राई ७५ वर्ष नाघिसकेकाले प्रचलित कानुनी व्यवस्थाअनुसार उहाँले कैद सजायमा ७५ प्रतिशत छुट पाउने हुनुहुन्छ।
डा. राई पुर्पक्षका लागि थुनामै रहनुभएको छ। उहाँले हालसम्म ३ वर्ष २ महिना १० दिन कैद भुक्तान गरिसक्नुभएको अदालतले उल्लेख गरेको छ। त्यसअनुसार अब उहाँले २ महिना १३ दिन थप कैद भुक्तान गरे सजाय पूरा हुनेछ भने बाँकी कैद सजाय कानुनी छुटका कारण माफी हुने अदालतको निर्णयमा उल्लेख छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर