काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका १६ जना प्रतिवादीको कैद तथा जरिवाना निर्धारण गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार विभिन्न कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई कसुरअनुसार छुट्टाछुट्टै सजाय निर्धारण गर्दै एकीकृत रूपमा कैद र जरिवाना तोकेको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार विभिन्न कसुरमा तोकिएका सबै सजायलाई सिधै जोडेर कुल सजाय गणना गर्ने कानुनी व्यवस्था छैन। त्यसैले प्रत्येक प्रतिवादीको हकमा कानुनबमोजिम एकीकृत सजाय निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो।
अदालतले यसअघि असार २४ गते ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गर्दै सात जनालाई सफाइ दिएको थियो। मंगलबार ती दोषी ठहर भएका प्रतिवादीहरूको कैद र जरिवाना निर्धारण गरिएको हो।










समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर