काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने कार्य गलत भएको बताउनुभएको हो । उहााले यस्तो गतिविधिमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
झाले राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता सम्बोधन गर्नु रहेको उल्लेख गर्दै उल्टै नागरिकलाई थप त्रसित बनाउने काम स्वीकार्य नहुने बताउनुभएको छ ।
उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको छ, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन।’






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर